आठवटा अध्यादेश स्वीकृत गर्ने प्रस्तावसहित ५ वटा प्रतिवेदन संसदमा पेश हुने

काठमाडौं । सरकारले विहीबारको प्रतिनिधिसभा बैठकमा ८ वटा अध्यायदेश स्वीकृत गराउन प्रस्ताव पेश गर्ने भएको छ । विभिन्न ८ अध्यादेशलाई अस्वीकृत गर्ने प्रस्ताव संसदले राखेपछि त्यसलाई छलफल गरेर पुनः सम्बन्धित मन्त्रीले अध्यायदेश स्वीकृत गराउने प्रस्ताव संसदमा पेश गर्ने भएका छन् ।

विहीबारको प्रतिनिधिसभा वैठकले सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, निजीकरण (पहिलो संशोधन) अध्यादेश, आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिबृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश संसदमा पेश हुने भएको छ ।

सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश आज संसदमा टेबुल हुँदै छ । यी अध्यादेशलाई अस्वीकार गर्न संसदले सूचना पेश गर्ने भएपनि सरकारको बहुमत भएका कारण सबै अध्ययादेशलाई स्वीकृत गराउने भएको छ ।

यस्तै सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेट तथा कार्यक्रम कार्यान्वयन अवस्थाको अर्थवार्षिक मूल्यांंकन प्रतिवेदन, राष्ट्रिय प्राकृति स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन २०७९/८० संसदमा पेश हुने भएको छ ।

भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक सम्बन्धि समितिको प्रतिवेदन २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन र सुरक्षित कारोबार (पहिलो संशोधन) सम्बन्धी समितिको प्रतिवेदन २०८१ संसदमा पेश हुने विहीकारको संसद बैठकको कार्यसूचीमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज