प्रतिनिधि सभाको हिउँदे अधिवेशनको तेस्रो वैठक बस्दै, गृहमन्त्रीले ५ वटा विधेयक संसदमा प्रस्तुत गर्ने

काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दै छ । गत १८ गतेदेखि सुरु भएको हिउँदे अधिवेशनअन्तर्गत यो तेस्रो बैठक हो।

आजको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महालेखापरीक्षकको ६१औं वार्षिक प्रतिवेदन पेस गर्ने, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यजविधि तथा वित्तीय उत्तरदायित्व विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

यसका साथै गृहमन्त्री रमेश लेखकले विभिन्न पाँचवटा विधेयक प्रस्तुत गर्ने भएका छन् । गृहमन्त्री लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक २०८१, नेपाल प्रहरी विधेयक २०८१, सशन्त्र प्रहरी वल विधेयक २०८१ संसदमा प्रस्तुत गर्न अनुमति माग्दै प्रस्तुत गर्ने भएका छन् ।

अर्थमन्त्री पौडेलले अर्थ समितिको प्रतिवेदनसहितको बैंकिङ कसूर तथा सजाय विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुका साथै पारित गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत गर्ने कार्यसूची छ ।

राष्ट्रिय सभा बैठक पनि आज दिउँसो सवा १ बजे बस्दैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज