काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वाेच्च अदालतमा अवहेलना मुद्दा दायर भएको छ । अधिवक्ता ओमप्रकाश अर्यालले सोमबार अवहेलनासम्बन्धी मुद्दा दायर गरेका हुन् ।
गिरीबन्धु टी स्टेटबारे सर्वोच्च अदालतले गरेको फैसला कार्यान्वयन गर्नुको सट्टा ओली नेतृत्वको सरकारले भूमिसम्बन्धी अध्यादेश ल्याएर सर्वोच्च अदालतको परमादेश कार्यान्वयनमा अवरोध गरेको भन्दै सहित अधिवक्ता अर्यालले अवहेलना मुद्दा दायर गरेका हुन ।
अधिवक्ता अर्यालले रिटमा प्रधानमन्त्री ओली र भूमि व्यवस्था मन्त्री बलराम अधिकारीलाई विपक्षी बनाएका छन् । सर्वोच्च प्रशासनले उक्त निवेदन दर्ता गरी फागुन ४ गते पेसी तोकेको छ ।