रूपन्देही । रुपन्देहीको सुप्रिम सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोप मा रुपन्देही जिल्ला अदालतले नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । सोमबार न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले थुनछेक बहसपछि यो आदेश दिएको हो ।
यो प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धरौटीमा रिहा भएका छन् ।