घरमा बालश्रमिक राख्ने एमाले सांसद शर्मालाई मुद्दा नचलाउने तयारी

काठमाडौं । घरमा बालश्रमिक राखेको र यातना समेत दिएको आरोप लागेकी लुम्बिनी प्रदेश सभाकी सांसद रेखाकुमारी शर्मालाई जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने तयारी गरेको छ । ६ वर्षदेखि सांसद शर्माको घरमा रहेर काम गरिरहेकी ती नाबालिकाले आफूमाथि कुटपिट हुने गरेको बताएपछि काठमाडौं महानगरपालिकाले उनको उद्धार गरि प्रदेश सांसद शर्माविरुद्ध प्रहरीमा उजुरी दिएको थियो ।

प्रदेश सांसद शर्माको घरमा पुगेर महानगरपालिकाको कार्यदलले तत्काल ती बालिकाको उद्दर गरी संरक्षण गृहमा राखेको थियो । बालिकाको उद्दारका क्रममा महानगरपालिकाको नगरप्रहरी, वडाका प्रतिनिधि र प्रहरी समेत घटनास्थलमा पुगेर मुचुल्का गराएका थिए । महानगरपालिकाले बालश्रमक राखेको र नाबालिकामाथि यातना दिएको भन्दै प्रहरीमा उजुरी दिएको थियो । महानगरको उजुरीको छानविनपछि प्रहरी प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले प्रदेश सांसद शर्माविरुद्ध मुद्दा चलाउन नपर्ने राय तयार गरेको हो । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा तयार भएको फाइल उच्च सरकारी वकिलको कार्यालय हुँदै महान्यायाधिवक्ताको कार्यालयमा पुगेको छ ।

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज