पाथीभरा मन्दिरमा केबलकार निर्माणविरुद्धको रिट निवेदन सर्वोच्चबाट दरपीठ

काठमाडौं । सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरा मन्दिर संरक्षणसँग जोडिएको रिट निवेदन दरपीठ गरेको छ । सर्वाेच्चले उस्तै विषयसँग सम्बन्धित विवाद विचाराधीन भएको भन्दै रिट निवदेन दरपीठ गरेको हो ।

पाथीभरा मन्दिरमा केवलकार निर्माण गर्न दिँदा वन विनाश हुने, अमूल्य जडिबुटीको नाम हुने, जातीय उपद्रव हुने अनि हिंसा भड्कनसक्ने भन्दै आदिवासी कानुन व्यवसायी संघका तर्फबाट लक्ष्मी तामाङले सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका थिए । सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेलले उक्त रिट निवेदनमा दरपीठ (दर्ता गर्न अस्विकार हुने) आदेश गरेका हुन् ।

किराँत याक्थुङ चुम्लुङका तर्फबाट आईन्द्र कुमार लिम्बुले ३ फागुन, २०७७ मा दर्ता गरेको रिट निवेदन सर्वोच्च अदालतमा विचाराधीन भएको र त्यही विषयमा पुरक निवेदन समेत परेको भनी सर्वोच्च अदालतले नयाँ निवेदन दर्ता गर्न अस्वीकार गरेको जनाएको छ ।

सर्वोच्च अदालत नियमावलीको नियम १८(२) मा ‘उही विषयमा कसैले अघि नै रिट निवेदन दायर गरी अदालतमा विचाराधीन रहेको विषयमा रिट निवेदन दायर गर्न ल्याएको रहेछ भने सम्बन्धित अधिकारीले आधार र कारण खुलाई त्यस्तो लिखत दरपीठ गर्न सक्नेछ’ भन्ने व्यवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज