काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको बैठकले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय गरेको छ । पार्टीको मंगलबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।
जसपा नेपालले सरकारले संसद् अधिवेशन नरहेका बेला ल्याएका ६ वटा मध्ये अन्य ५ वटा अध्यादेश अगाडि बढाउने सन्दर्भमा स्वीकृतिका लागि सकारात्मक रहने तर भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय गरेको हो ।