मानव अधिकार आयोगले प्रदेश सांसदले बालिकालाई बन्धक बनाएको घटनामा अनुसन्धान गर्ने

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले प्रदेश सांसदले बालिकालाई बन्धक बनाएर श्रमशोषण गरेको भनिएको घटनामा अनुसन्धान सुरु गरेको भएको छ । आयोगले बुधबार विज्ञप्ति जारी गर्दै दाङ जिल्ला निवासी एक बालिकालाई लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्माले ६ वर्षसम्म बन्धक बनाई श्रमशोषण गरेको भनिएको घटनामा अनुसन्धान सुरु गरिएको जनाएको छ ।

उक्त घटनामा सरकारी वकिलको कार्यालयले शर्मालाई उन्मुक्ति दिने तयारी गरको भन्दै सञ्चार माध्ययममा प्रकाशित समाचार पछि आयोगले स्व–विवेकीय क्षेत्राधिकार प्रयोग गरी छानविन तथा अनुसन्धान प्रारम्भ गरेको जनाएको छ।

अनुसन्धानका लागि आयोगले उच्च सरकारी वकील कार्यालय पाटन र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा पत्राचार गरी नेपाल प्रहरीबाट सरकारी वकील कार्यालयसमक्ष पेश गरेको राय सहितको प्रतिवेदन समेत सात दिनभित्र उपलब्ध गराउन पत्राचार समेत गरेको उल्लेख गरेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज