काठमाडौंमा व्यावसायिक मध्यस्थता तालिम आयोजना हुँदै

काठमाडौं । व्यावसायिक मध्यस्थता सम्बन्धी पाँच दिने तालिम आगामी फागुन २४ गतेदेखि २८ गतेसम्म काठमाडौँमा आयोजना हुने भएको छ। नेपाल ईन्टरनेशनल एडीआर सेन्टर र ज्ञानपुंज स्कुल अफ लिडरसिप प्रा. ली. को संयुक्त आयोजनामा हुन लागेको यो तालिम गौशालास्थित होटेल पौवामा सञ्चालन हुनेछ।

तालिम बिहान ६ः३० बजे देखि १२ः०० बजेसम्म सञ्चालन हुनेछ। व्यावसायिक विवाद समाधानका लागि मध्यस्थताको विधि, कानुनी प्रक्रियाका महत्त्वपूर्ण पक्षहरू तथा व्यावसायिक मध्यस्थ बन्ने सम्भावनाहरूबारे प्रशिक्षण दिइने छ।

तालिममा कानून व्यवसायी, चार्टर्ड एकाउन्टेन्ट, इन्जिनियर, निर्माण व्यवसायी, बैङ्कर, व्यवस्थापक, तथा कानून, लेखा, व्यवस्थापन वा इन्जिनियरिङ विषयमा स्नातक उत्तीर्ण गरेका जो कोही इच्छुक व्यक्ति सहभागी हुन सक्ने ज्ञानपुंज स्कुल अफ लिडरसिप प्रा. लिका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरिप्रसाद डुम्रेले बताए ।

सिइओ डुम्रेका अनुसार तालिममा सहभागिताका लागि मूल्य अभिवृद्धि कर बाहेक १५ हजार ९०० रुपैयाँ शुल्क तोकिएको छ । इच्छुक व्यक्तिहरूले नेपाल ईन्टरनेशनल एडीआर सेन्टर, अनामनगर वा ज्ञानपुंज स्कुल अफ लिडरसिप प्रा. ली।, नयाँ बानेश्वरमा सम्पर्क गर्न सक्नेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज