नेपाल बार निर्वाचनमा नामावली विवाद, डीएलएद्धारा निर्वाचन समिति घेराउ

काठमाडौँ । नेपाली काँग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) ले नेपाल बारको निर्वाचन समिति कार्यालय घेराउ गरेको छ । नेपाल बार एशोसिएशनको केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि सार्वजनिक गरिएको नवमालीमाथि उजुरी परेपछि मङ्गलवार डीएलएले निर्वाचन समिति कार्यालय घेराउ गरेको हो ।

आगामी चैत्र २३ गते नेपाल बार एशोसिएशनको केन्द्रिय कार्यसमितिको निर्वाचनको तय भएको छ । निर्वाचनमा मतदानका लागि ११ हजार ७ सय ७२ जनाको प्रारम्भिक नामावली सार्वजनिक गरिएको थियो । उक्त नामावलीमा उच्च अदालत बार एशोसिएशनले काठमाडौं जिल्ला अदालत बारका ७११ जना मतदाताले बार काउन्सिलको नविकरण नगरेको भन्दै उनीहरुको नाम हटाउन माग गर्दै उजुरी गरेको थियो ।  नामवलीमा दाबी–विरोधका लागि सोमबारसम्मको समय तोकिएको थियो ।

नेपाल बारको केन्द्रीय समितिले अनुमोदन गरेर निर्वाचन समितिलाई दिइसकेको मतदाता नामावली निर्वाचन समितिले एकतर्फी रूपमा काठमाडौँ जिल्ला बारको हकमा मात्रै हटाउने तयारी गरेको भन्दै डीएलएले निर्वाचन समिति कार्यालय घेराउ गरेको जनाएको छ । डेमोक्र्याटिक लयर्स एसोसिएसन (डिएलए) का अध्यक्ष सुशील राज पौडेलले बार काउन्सिल अद्यावधिक गरे÷नगरेका सबैको भिडाउनुपर्नेमा निर्वाचन समितिले एकपक्षीय रूपमा काठमाडौँ बारको मात्रै छानबिन गर्न लागेकोले विरोधमा उत्रिएको बताए । डिएलएले नेपाल बारको विधानको धारा २५ अनुसार मतदाता नामावली कायम गर्नुपर्ने माग राखेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज