कुलमान हटाउने अन्तिम कसरतमा सरकार, ७२ घण्टे स्पष्टीकरण सोधियो

काठमाडौं । कुलमान घिसिङलाई हटाउने अन्तिम कसरतमा सरकार लागेको छ । उनलाइ हटाउन सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ३ दिने स्पष्टीकरण सोधेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई ‘प्राधिकरणको कार्यकारी निर्देशकबाट किन नहटाउने ?’ भन्दै स्पष्टीकरण सोधेको हो ।

मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार स्पष्टीकरण सोध्नका लागि उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयलाई जिम्मेवारी दिएको हो ।

उर्जामन्त्री दिपक खड्काले यस अघि नै २ बुँदे स्पष्टीकरण सोधिसकेका छन् । घिसिङले आफुलाई उर्जामन्त्रीले स्पष्टीकरण सोध्ने अधिकार नभएको वक्तव्य दिइसकेका छन् ।

घिसिङलाई हटाउनकै लागि सरकारले उनलाई जिरो नम्बर दिएको थियो । सो विषय पछिल्लो समय चर्चाको विषय बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज