काठमाडौँ । नेपाल बार एशोसिएशनको २७औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि अध्यक्ष पदमा पाँच जनाले उम्मेदवारी दिएका छन्।
अध्यक्ष पदका लागि वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्र, वरिष्ठ अधिवक्ता रमण कुमार श्रेष्ठ, अधिवक्ता राजु कैती, अधिवक्ता उज्वल घिमिरे र अधिवक्ता आशीष पौडेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।
आगामी चैत २३ गते हुने निर्वाचनमार्फत २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिनेछ। महासचिव पदका लागि भने वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला, अधिवक्ता हरिशरण कार्की र अधिवक्ता यज्ञमणि न्यौपानेले उम्मेदवारी दिएका छन्।