काठमाडौ । तीन विधेयक संसदमा टेवुल हुँदै छ । मंगलबारको प्रतिनिधिसभाको बैठकले यी विधेयक प्रस्तुत गर्ने कार्यसूची तय भएको छ ।
आमसञ्चार परिषद विधेयक संसदीय समितिमा दफावार छलफलका लागि पठाउने तयारी पनि सङ्घीय संसद्ले गरेको छ । प्रतिनिधिसभाको आज मंंगलबारको बैठक आज मध्याह्न १ः०० बजे बस्दैछ ।
संसद् सचिवालयलका अनुसार बैठकको सम्भावित कार्यसूचीमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उपभोक्ता अदालतको गठनसम्बन्धी सूचना टेबुल गर्नेछन् ।
बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रियसभामा उत्पत्ति भएको ‘आमसञ्चार परिषद् विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव र वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले ‘मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
आजको बैठकमा सो संशोधनमाथि छलफल पनि हुने सचिवालयले जनाएको छ । वनमन्त्री ठकुरीले ‘मोन्ट्रियल प्रोटोकल किगाली संशोधनलाई अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव पनि सभासमक्ष प्रस्तुत गर्नेछन् ।