काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले न्यायालयमा महिलो उपस्थिति देखेर गर्भ लाग्ने गरेको बताएकी छन् । उनले एक सार्वजनिक कार्यक्रममा महिलाको उपस्थिति देखिन थालेको भएपनि न्यून भएको तर्क गरेकी छन् ।
उनले भनेकी छन्, ‘महिलालाई न्याय क्षेत्रमा बढाउनुपर्ने छ । अहिले जतिले प्रयास गरेर आएका छन् त्यो न्युन छ ।’
उनले भनेकी छन्, ‘१०० जनाको महिलालाई हेर्ने हो भने ७५ प्रतिशत अदालत जाँदैनन् भन्ने एक अध्ययनले देखाएको रहेछ । न्यायालयमा जाँदा पुरुषै पुरुषको बीचमा आफ्ना कुरा भन्नै अप्ठारो लाग्छ भनेर महिलाहरुले भन्ने गरेका छन् ।’
उनले थपिन, ‘अहिले त न्यायाधीश महिला छन् । न्यायालय प्रवेश गर्दा गर्व लाग्छ । न्यायालय जाँदा बेच्नमा पनि श्रीमान शारंगा सुवेदी भएको पाउँछु । बहस गर्ने क्रममा पनि महिला वलिक आउँहुनुहुन्छ । सरकारी वकिल, वैतनिक तथा निजी क्षेत्रबाट वहस गर्ने पनि महिला नै हुन थालेका छन् ।’
प्रधानले महिलाको उपस्थित हुनुलाई गर्वको विषय भएको भन्दै भनेकी छन्, ‘ न्यायालयमा रिपोटिङ गर्न महिला पत्रकार नै पुगेका छन भने सुरक्षा दिन पनि महिला सेक्युरिटी नै बसेको देख्दा न्यायालमा महिलाको उपस्थिति देखिने गरेको छ ।
महिला केही हदसम्म न्यायालयमा देखिएका छन तर यो न्यून उपस्थिति न्यून भएको उनको बुझाइ छ । उनले निर्णायक तहमा महिलाको उपस्थिति कम भएको बताइन्।
पुरुषको तुलनामा महिलको निर्णय क्षमतामा प्रश्न उठाउने गरिएकोले पनि महिलालाई स्थापित हुन गाह्रो भएको बुझाइ उनको छ ।