पूर्व सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा संवैधानिक इजलासमा हेर्दाहेर्दैमा

काठमाडौँ । पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटामाथिको अपहरण तथा ज्यान मार्ने मुद्दाको अन्तिम सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ । बुधबार प्रधानन्यायाधीश प्रकाशमानसिंहसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडालको संवैधानिक इजलासमा पुनः सुनुवाइ सुरु भएको रिटमा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो ।

२०६९ मङ्सिरमा काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या आरोपमा सापकोटासहितका नेताहरूमाथि अनुसन्धान हुनुपर्ने भन्दै उनकी श्रीमती पूर्णिमाया लामाले सापकोटासहित माओवादी कार्यकर्ताहरुविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । तर प्रहरीले किटानी जाहेरी लिन नमानेपछि सर्वोच्च अदालतको आदेशले २०६९ मंसिरमा सापकोटासहित माओवादी नेताहरुविरुद्ध रिटा दायर भएको थियो । लामाको अपहरणपछि हत्या अभियोगमा सजाय माग गर्दै कनकमणि दीक्षित, अर्जुनकी पत्नी पूर्णिमाया लामा र सुशील प्याकुरेलसमेतले रिट दायर गरेका थिए ।

सर्वोच्च अदालतले यसअगाडी पूर्वसभामुख सापकोटाविरुद्ध परेको ज्यान मुद्दाको जाहेरीमा हालसम्म भएको अनुसन्धानको विवरण झिकाउन आदेश गरेको थियो ।

आज अधिवक्ता ओमप्रकाश अर्यालले पूर्णमाया तामाङका तर्फबाट बहस गरेका थिए । यसअघि गत असोज ९ गते निर्णय सुनाउने मिति तय भएकोमा सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार फैसला नगरी ‘अन्य आदेश’ गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज