काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभा बैठक आइतबार विहान ११ बजेका लागि बोलाइएको छ । संसद् सचिवालयले आजको बैठकको कार्यसूचीमा तीनवटा विधेयकमाथि छलफल हुने कार्यसूची सार्वजनिक गरेको छ ।
बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
पौडेलले नै निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।
बैठकमा आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्तावसमेत अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गर्ने भएका छन् ।
यस्ताे छ आइतबारकाे संसद बैठककाे कार्यसूची