काठमाडौँ । सरकारले भ्रष्टाचारबाट आर्जित सम्पत्तिहरू जफत गरेर सरकारको नाममा ल्याउने प्रक्रिया अगाडी बढाउने भएको छ। गृहमन्त्री रमेश लेखकको नेतृत्वमा सर्वोच्च अदालतबाट ुजफत हुने फैसला भएका घरजग्गा सरकारको नाममा ल्याउने निर्णय गरिएको हो।
यस अन्तर्गत, पूर्वप्रशासकहरू आमोनन्द मिश्र, सरस्वती ढुङ्गाना, मुरारीबहादुर कार्की, केशरजङ्ग खड्का र रामाज्ञा चतुर्वेदीको काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा रहेका घरजग्गा जफत गर्ने प्रक्रिया अघि बढाइएको छ। त्यसैगरी, आपराधिक गतिविधिबाट भारतीय नागरिक सरिता गिरी राईले नेपालमा खरिद गरेको घरजग्गा पनि जफत हुने भएको छ।
गृहमन्त्री लेखकले भ्रष्टाचार नियन्त्रण र सुशासनको सुनिश्चितता वर्तमान सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन्। उनले भ्रष्टाचारलाई शून्य सहनशीलताका रूपमा लिएको र सुशासनको सुनिश्चिता गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।