भाटभटेनीको ट्रकबाट २२ लाख बराबरको अवैध भेप बरामद, संसदमा उठ्यो प्रश्न

काठमाडौं । सिन्धुपाल्चोकमा प्रहरीले भाटभटेनी सुपरमार्केटको सामान बोकेको ट्रकबाट २२ लाखभन्दा बढी मूल्य बराबरको अवैध विद्युतीय सिगरेट (भेप) बरामद गरेपछि संसदमा पनि यो विषय उठेको छ।

मङ्गलबार राति खुर्सानीवारीस्थित प्रहरी चेकपोस्टमा रोकिएको ना.६ ख ५४९६ नम्बरको ट्रकबाट ९३ डब्बा सामान जाँच गर्दा ७४० थान अवैध विद्युतीय सिगरेट (भेप) फेला परेको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सुमेह पाण्डेले बताएका छन् ।

बरामद सामान र चालक भोटेकोसी गाउँपालिका २ का प्रवीण खत्रीलाई नियन्त्रणमा लिएर राजस्व अनुसन्धान विभाग, हरिहर भवन पठाइएको प्रहरीले जनाएको छ।

प्रतिनिधिसभामा यो विषय उठाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झा र माओवादी केन्द्रका सांसद हरी कार्कीले दोषीलाई संरक्षण नगरी कारबाही गर्न माग गरेका छन्। सांसद झाले भने,भाटभटेनी सुपरमार्केटको नाम जोडिएको ट्रकबाट अवैध भेप बरामद भएको छ। प्रधानमन्त्रीको पार्टीलाई सहयोग गर्ने व्यवसायी भएकाले कुनै कारबाही नहुने हो ?

त्यस्तै, माओवादी सांसद कार्कीले पनि घटनाको गम्भीर छानबिन गर्न माग गरे। तातोपानी भन्सार नाकाबाट आएको यो ट्रक भाटभटेनी सुपरमार्केटसँग जोडिएको देखिन्छ। यस विषयमा विस्तृत अनुसन्धान आवश्यक छ,उनले भने।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज