युवराज सङ्ग्रौलाको दुर्व्यवहार घटनामा क्षेत्राधिकार नपरेको भन्दै पन्छियो छानबिन समिति

काठमाडौँ । काठमाडौँ स्कुल अफ ल (केएसएल) का संस्थापक युवराज सङ्ग्रौलाले विद्यार्थीमाथि दुर्व्यवहार घटनाको छानबिन गर्न बनाइएको समितिले आफ्नो क्षेत्राधिकार भित्र नपर्ने भन्दै घटनाको छानबिनबाट पन्छिएको छ ।
छानबिन समितिका संयोजक पूर्व जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईले आफ्नो क्षेत्राधिकार भन्दा बाहिरको विषय भएकाले आफूहरूले यस विषयमा छानबिन अगाडि नबढाउने भन्दै प्रतिवेदन बुझाएका हुन्।
विद्यार्थीले संस्थापक युवराज सङ्ग्रौलाले दुर्व्यवहार गरेको आरोप लगाएपछि त्यसको छानबिनका लागि केएसएलले चैत ३ गते पूर्व जिल्ला न्यायाधीश डा. श्रीकृष्ण भट्टराईको संयोजकत्वमा वरिष्ठ पत्रकार तीर्थ कोइराला र अधिवक्ता सीमा धामीको समितिमा छानबिन समिति बनाएको थियो ।
समितिले बुधवार केएसएलका व्यवस्थापन समितिलाई प्रतिवेदन बुझाउँदै घटनाको प्रकृति फरक देखिएको र आफ्नो क्षेत्राधिकार भन्दा बाहिर रहेको भन्दै छानबिन गर्न नसकिने उल्लेख गरेको छ । समितिका संयोजक भट्टराईका अनुसार समितिलाई घटना साइबर र सोसल मिडियासम्बन्धी भनिएको थियो । त्यसै अनुसार २ दिनसम्म अध्ययन गरिएको तर बुझ्दै जाँदा सङ्ग्रौलामाथि लागेको आरोपका विषय आफ्नो क्षेत्र अधिकारभन्दा बाहिर भएको पाइएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज