भूमिसम्बन्धी अध्यादेश निष्क्रिय पारेर नियमित विधेयकका रूपमा अघि बढाउने सत्ता गठबन्धनको निर्णय

काठमाडौं । सरकारले भूमिसम्बन्धी अध्यादेश निष्क्रिय पारेर विधेयकका रूपमा ल्याउने भएको छ। बुधबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा भूमिसम्बन्धी अध्यादेश विधेयकका रूपमा अघि बढाउने सहमति भएको हो ।

सरकारले भूमिसहित ६ वटा अध्यादेश ल्याएकोमा अरू अध्यादेश प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भएका थिए। तर भूमि अध्यादेश प्रतिनिधि सभा र राष्ट्रिय सभामा निर्णयार्थ पेस गरिएको थिएन। पाँचवठा अध्यादेश प्रतिस्थापन विधेयकका रूपमा संसद्ले स्वीकृत गरेर छलफलका क्रममा रहेका छन् ।

सत्ता गठबन्धन मध्येकै एक उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले भूमि अध्यादेशमा सहयोग गर्न नसक्ने अडान राखेपछि सरकारले भूमि अध्यादेश सदनमा निर्णयार्थ पेस नै गरेको थिएन। गठबन्धनको बैठकमा यो अध्यादेशलाई आफै निष्क्रिय हुन दिने र नियमित विधेयकका रूपमा ल्याउने सहमति बनेको जसपा नेपालका सांसद राजकिशोर यादवले बताए ।

‘भूमि अध्यादेश आएको चैत १८ गते ६० दिन पुग्दैछ, ६० दिनभित्र अध्यादेश सदनमा पेस नभए निष्क्रिय हुने व्यवस्था छ । सांसद यादवका अनुसार भूमिसम्बन्धी अध्यादेश निष्क्रिय भएपछि सरकारले विधेयक ल्याउने सहमति जुटेको हो ।

 

सम्बन्धित समाचार

ताजा न्यूज