कुलमानलाई हटाएको विरोधमा संसद्का दुवै सदन आज पनि अवरुद्ध

काठमाडौं । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरिएको विषयमा विरोध जनाउँदै प्रतिपक्षी दलहरूले संघीय संसदका दुवै सदनको बैठक बुधबार अवरुद्ध गरेका छन्। मन्त्रिपरिषद्को निर्णयअनुसार घिसिङलाई हटाई हितेन्द्रदेव शाक्यलाई नियुक्त गरिएको छ।

माओवादी, रास्वपा, राप्रपा, एसलगायत दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा आएर स्पष्टीकरण दिनुपर्ने माग गरेका छन्। सडकमा पनि घिसिङको समर्थनमा प्रदर्शनहरू भएका छन्। तर, प्रधानमन्त्री ओलीले भने एउटा हटायो, अर्को नियुक्त गर्‍यो, सिद्धियो भन्दै संसद्मा कुनै प्रतिक्रिया नदिने बताएका छन्।

प्रतिनिधिसभामा माओवादी सांसद शक्ति बस्नेतले सरकारको कदमलाई जनचाहना विरोधी भन्दै आलोचना गरे। राष्ट्रिय सभामा ऊर्जामन्त्री दीपक खड्काको उपस्थितिमा पनि प्रतिपक्षी सांसदहरूले घिसिङको बर्खास्तीको कारण माग गरेका छन्। माओवादी सांसद गोपीबहादुर सार्कीले घिसिङले लोडसेडिङ अन्त्यजस्ता महत्वपूर्ण योगदान दिएको बताउँदै उनको अपमान गरिएको आरोप लगाए।

सम्बन्धित समाचार

ताजा न्यूज