काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु लगाउने तयारी गरेको छ। तीनकुनेमा राजावादी प्रदर्शनकारी अराजक बनेपछि यहाँ कर्फ्यु लगाउने तयारी गरिएको हो ।
राजावादीहरुको प्रर्दशनका क्रममा यहाँ तोडफोड र हुलदंगा भएको थियो। प्रहरीले माइकिङ गर्दै केही बेरमा कर्फ्यु लाग्ने बताउँदै उपस्थित नागरिकलाई घर जान भनिरहेका छन् । प्रर्दशनकारीले सर्वसाधरणको घर र पसलमा आगजनी गरेका थिए ।