३२ औं अधिवक्ता तहको परीक्षाको अन्तिम नतिजा प्रकाशित

काठमाडौँ । नेपाल कानुन व्यवसायी परिषद् (नेपाल बार काउन्सिल) द्वारा लिइएको ३२ औं अधिवक्ता तहको अन्तिम परीक्षाको नतिजा प्रकाशित भएको छ। परिषद्ले एक सार्वजनिक सूचना जारी गर्दै परीक्षामा सफल भएका परीक्षार्थीहरूको नाम, रोल नम्बर तथा प्राप्त अङ्क सार्वजनिक गरेको हो।

यस पटकको परीक्षामा देशभरिबाट हजारौं परीक्षार्थी सहभागी भएका थिए, जसमध्ये योग्य तथा मापदण्ड अनुरूपका परीक्षार्थीहरू उत्तीर्ण भएका छन्। परिषद्ले प्रकाशित गरेको नतिजा अनुसार १० जना उत्कृष्ट अंक प्राप्त गर्ने परीक्षार्थीको सूची पनि उल्लेख गरिएको छ, जसमा रोजिना आचार्य क्षेत्रीले ८०.७६ प्रतिशशत अंकसहित पहिलो स्थान प्राप्त गरेकी छिन्।

परिषद्ले सफल परीक्षार्थीहरूलाई आवश्यक प्रमाणपत्र बुझ्नका लागि आवश्यक कागजातसहित तोकिएको मितिमा उपस्थित हुन अनुरोध गरेको छ। साथै, प्रमाणपत्र प्राप्त गर्नका लागि परिषद्को खातामा ५ हजार ५ सय रुपैयाँ बुझाएर भुक्तानी प्रमाणसहित कागजात पेश गर्नु पर्नेछ।

सम्बन्धित समाचार

ताजा न्यूज