मिश्र नेपाल बार एसोसिएसन अध्यक्षमा निर्वाचित, श्रेष्ठ २ हजार ४३१ मतले पराजित

काठमाडौँ। नेपाल बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता प्रा. डा. विजयप्रसाद मिश्र निर्वाचित भएका छन्। उनले निकटतम प्रतिस्पर्धी रमणकुमार श्रेष्ठलाई २ हजार ४३१ मतको अन्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचिन भएका हुन् ।

निर्वाचन समितिका अनुसार, प्रा. डा. मिश्रले कुल ५ हजार ५२ मत प्राप्त गरेका छन्, जबकि रमणकुमार श्रेष्ठले २ हजार ६२१ मत ल्याए।

महासचिव पदमा वरिष्ठ अधिवक्ता केदार कोइराला विजयी भएका छन्। कोइरालाले श्रेष्ठ प्यानलका उम्मेदवार यज्ञमणि न्यौपानेलाई २ हजार ५०७ मतको अन्तरले हराएका छन्। कोइरालाले ४ हजार ८७४ मत प्राप्त गरे भने न्यौपानेले २ हजार ३६७ मत ल्याएका छन्।

२५ पदका लागि भएको निर्वाचनमा प्रा. डा. मिश्रको नेतृत्वमा रहेको प्यानलका सबै उम्मेदवार विजयी भएका छन् । औपचारिक परिणामको घोषणा बार कार्यालयमा केहीबेरमा हुने निर्वाचन समितिले जानकारी दिएको छ।

नेपाल बार एसोसिएसनको २०८१ सालको चैत्र २३ गते सम्पन्न कार्यसमितिको निर्वाचनमा ‘वृहद् लोकतान्त्रिक, प्रगतिशील, पेशागत, राष्ट्रवादी र समावेशी कानून व्यवसायी समूह’ का अध्यक्ष पदका उम्मेदवार प्रा. डा. विजयप्रसाद मिश्र र उनका २५ सदस्यीय प्यानलको चयन भएको हो।

निर्वाचित पदाधिकारीहरू:

अध्यक्ष: प्रा. डा. विजयप्रसाद मिश्र

कोशी प्रदेश उपाध्यक्ष: अधिवक्ता पदम प्रसाद लिम्बू

मधेश प्रदेश उपाध्यक्ष: अधिवक्ता अजय शंकर झा

वागमती प्रदेश उपाध्यक्ष: अधिवक्ता तेज बहादुर रावल

गण्डकी प्रदेश उपाध्यक्ष: अधिवक्ता भूपेन्द्र खनाल

लुम्बिनी प्रदेश उपाध्यक्ष: अधिवक्ता कृष्ण प्रसाद पोख्रेल

कर्णाली प्रदेश उपाध्यक्ष: अधिवक्ता विवसकुमार बस्नेत

सुदूरपश्चिम प्रदेश उपाध्यक्ष: अधिवक्ता सिद्ध राज ओझा

महिला उपाध्यक्ष (खुल्ला): अधिवक्ता सरस्वती श्रेष्ठ

महासचिव: व.अ. केदारप्रसाद कोइराला

कोषाध्यक्ष: व.अ. जगत बहादुर कार्की

दलित सदस्य: अधिवक्ता चिरञ्जिवी तिलक्यानी

मधेशी मुस्लिम (काठमाडौं उपत्यका बाहिर) सदस्य: अधिवक्ता सूर्यकुमार यादव

मधेशी मुस्लिम (खुल्ला) सदस्य: अधिवक्ता रिंकु कुमारी यादव

आदिवासी जनजाती (काठमाडौं उपत्यका बाहिर) सदस्य: व.अ. राजकुमार श्रेष्ठ

आदिवासी जनजाती (खुल्ला) सदस्य: अधिवक्ता मंगल सुन्दर शिल्पकार

महिला सदस्य (काठमाडौं उपत्यका बाहिर): अधिवक्ता इन्दिरा आचार्य

महिला सदस्य (खुल्ला): अधिवक्ता रंजिता कार्की

सदस्य (काठमाडौं उपत्यका बाहिर): अधिवक्ता किरण पौडेल

सदस्य (खुल्ला): अधिवक्ता किरण न्यौपाने, शारदा गुरूङ, दमन बहादुर चन्द, बाबुराम अर्याल, डा. मुकुन्द अधिकारी, माधव मैनाली

 

 

सम्बन्धित समाचार

ताजा न्यूज