काठमाडौं । सर्वोच्च अदालतले झापामा पक्राउ परेका चार भुटानी शरणार्थीलाई नेपालबाट निष्कासन नगर्न सरकारलाई आदेश दिएको छ।
न्यायाधीश हरि फुयालको एकल इजलासले जारी गरेको आदेश अनुसार ती शरणार्थीहरूलाई हाललाई देश निकाला गर्नु नपर्ने निर्णय गरिएको हो। तीमध्ये एक शरणार्थीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण (हैबियस कोर्पस) सम्बन्धी निवेदन दर्ता गरेका थिए।
निवेदनमा प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्चले चारै जनालाई नेपालबाट निष्कासन नगर्न अन्तरिम आदेश जारी गरेको हो। आदेशको विस्तृत विवरण भने सार्वजनिक भइसकेको छैन।