सर्वोच्च अदालतमा डा. गुणाकर भट्टविरुद्ध पूरक निवेदन दर्ता, गभर्नर नियुक्तिमा अनियमितताको आरोप

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका डा. गुणाकर भट्टविरुद्ध सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता  गरिएको छ। अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले भट्टलाई गभर्नर नियुक्तिका लागि योग्य नरहेको दाबी गर्दै सर्वोच्च प्रशासनमा निवेदन दायर गरेका हुन्।

निवेदकहरूले गभर्नर नियुक्ति प्रक्रिया गैरकानुनी भएको र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को व्यवस्थाको उल्लङ्घन भएको आरोप लगाएका छन्। उनका अनुसार, योग्य उम्मेदवारलाई गभर्नर नियुक्ति समितिबाट छनौट गर्नु पर्ने हो भने, नेताहरूको सहमतिमा नियुक्ति प्रक्रिया अघि बढाउनु गैरकानुनी हो।

यसअघि, अधिवक्ताद्वय उप्रेती र थापाले २ वैशाखमा दायर गरेको रिटमा सर्वोच्च अदालतले ६५ वर्ष उमेर पार गरेका व्यक्तिलाई गभर्नर नियुक्ति प्रक्रियामा सामेल नगर्न अन्तरिम आदेश जारी गरेको थियो। रिटमा भट्टविरुद्धको पुरक रिट पनि आइतबार पेश हुने प्रक्रिया रहेको बताइएको छ।

नेपाल राष्ट्र बैंकका गभर्नर पदका लागि नियुक्ति प्रक्रिया सम्बन्धी कानुनी विवाद सर्वोच्च अदालतमा छलफलको लागि आइतबार तय गरिएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज