काठमाडौं । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलिया ६ वर्षे कार्यकाल पूरा गरी शुक्रबार औपचारिक रूपमा अवकाशमा गएका छन्। आयोगमा आयोजित विशेष समारोहबीच उनलाई आयोगका पदाधिकारीहरू र कर्मचारीहरूले सम्मानपूर्वक विदाई गरे।
थपलिया २०७६ साल वैशाख ६ गते प्रमुख निर्वाचन आयुक्तको रूपमा नियुक्त भएका थिए। नेपालको संविधानअनुसार आयोगका प्रमुख तथा आयुक्तहरूको कार्यकाल ६ वर्षे हुने व्यवस्था छ।
उनको कार्यकालमा २०७९ सालमा स्थानीय तह निर्वाचन र २०८० सालमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएका थिए। साथै, उनले राष्ट्रपतिको निर्वाचनदेखि उपराष्ट्रपति, राष्ट्रियसभा तथा विभिन्न उपनिर्वाचनहरू समेत गरी कुल १४ वटा निर्वाचनको सफल सञ्चालन गरेका छन्।
उनको अवकाशसँगै बरिष्ठ आयुक्त रामप्रसाद भण्डारीले कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी सम्हालेका छन्।