काठमाडौं । नेपाल ल क्याम्पसमा वैशाख ८ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि वामपन्थी विद्यार्थी संगठन अनेरास्ववियु र अखिल क्रान्तिकारीबीच गठबन्धन बनेको छ । गठबन्धनले संयुक्त प्यानल सार्वजनिक गर्दै पदाधिकारी उम्मेदवार घोषणा गरेको छ ।
संयुक्त प्यानलको तर्फबाट अनेरास्ववियुका समिर रिजाल सभापतिका उम्मेदवार तय भएका छन् । सचिव पदमा अखिल क्रान्तिकारीका ओमप्रकाश सुनार उम्मेदवार बनेका छन् भने कोषाध्यक्षमा अनेरास्ववियुका आशुतोष कुमारले उम्मेदवारी दिएका छन् ।
यसअघि सम्पन्न स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीले नेविसंघसँग गठबन्धन गर्दै सभापति पद जितेको थियो । अन्य प्रमुख पदहरूमा भने अनेरास्ववियुले जित हासिल गरेको थियो ।