सांसद धवल शमशेर राणा हाजिरी जमानीमा रिहा

काठमाडौं । राजद्रोह अभियोगमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवल शमशेर राणा हाजिरी जमानीमा रिहा भएका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई आइतबार राति क्यान्सर उपचारको कारण देखाउँदै श्रीमतीको जिम्मा लगाएर छाडेको हो।

राणा गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा वरिष्ठ नेता रवीन्द्र मिश्रसहित पक्राउ परेका थिए। उनीहरूमाथि राजद्रोह र संगठित अपराधअन्तर्गत अनुसन्धान भइरहेको छ।

यसअघि राणा भारतको टाटा क्यान्सर अस्पतालमा उपचार गराएर पुसमा नेपाल फर्केका थिए।

सम्बन्धित समाचार

ताजा न्यूज