शिक्षामन्त्री विद्या भट्टराईद्वारा राजीनामा

काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीसँग सोमबार बिहान बालुवाटारमा भेट गरी उनले आफ्नो राजीनामा बुझाएकी हुन्।

शिक्षकहरूको लामो समयदेखिको आन्दोलन, बारम्बारको संवाद र समाधान निस्कन नसकेको अवस्था बीच मन्त्री भट्टराई दबाबमा परेकी थिइन्। शिक्षण क्षेत्रको समस्यामा ठोस पहल नहुँदा उनी आलोचनाको घेरामा आएकी थिइन्।

सरकार र शिक्षक महासंघबीच बारम्बार वार्ता भए पनि सहमति जुट्न नसकिरहेको अवस्थामा उनको राजीनामा आएको हो।

आजै केहीबेरमा बस्ने मन्त्रिपरिषद् बैठकमा उनको राजीनामा स्वीकृत हुने सम्भावना उच्च रहेको स्रोतको भनाइ छ।

सम्बन्धित समाचार

ताजा न्यूज