काठमाडौं । आफूलाई कानुन मन्त्रालयको उपसचिव भन्दै ठगी गर्ने एक महिला त्रिपुरेश्वरबाट पक्राउ परेकी छन्। पक्राउ परेकी महिला दैलेखकी ४० वर्षीया जानकी न्यौपाने रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
न्यौपानेले आफू कानुन मन्त्रालयमा उपसचिव रहेको र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत भएको बताउँदै विभिन्न व्यक्तिहरूलाई झुक्याई ७ लाख ६० हजार ८ सय रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।
उनीविरुद्ध ठगीको उजुरीपछि प्रहरीले निगरानी बढाउँदै त्रिपुरेश्वरबाट पक्राउ गरेको हो।
पक्राउ परेकी न्यौपानेलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय ललितपुरमा पठाइएको प्रहरीले जनाएको छ।