झापा कारागारका कैदीको स्वास्थ्य बिग्रिएपछि मृत्यु

विराटनगर । झापा जिल्ला कारागारमा सजाय काटिरहेका एक कैदीको अस्पतालमा उपचारकै क्रममा ज्यान गएको छ।

इलामको माङसेबुङ गाउँपालिका–४ निवासी ५९ वर्षीय धनबहादुर विश्वकर्माको सोमबार अपराह्न प्रादेशिक अस्पताल भद्रपुरमा मृत्यु भएको हो। कारागार प्रशासनका अनुसार विश्वकर्मालाई केही समयदेखि घाँटीको क्यान्सरको आशंका गरिएको थियो।

सोमबार उनलाई अचानक सास फेर्न गाह्रो भएको कारण तुरुन्तै अस्पताल पुर्‍याइएको थियो। तर, चिकित्सकीय प्रयासका बाबजुद उनको ज्यान जोगाउन नसकिएको अस्पताल स्रोतले जानकारी दिएको छ।

उनी ज्यानसम्बन्धी अभियोगमा जेल सजाय भोगिरहेका थिए। कारागार प्रशासनले मृतकका परिवारलाई खबर गरिसकेको जनाएको छ। साथै, आवश्यक कानुनी प्रक्रिया र अनुसन्धान पनि अघि बढाइएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज