काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई पदबाट बर्खास्त गरेका छन्। प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार बुधबार उनलाई बर्खास्त गरिएको हो।
नेपाली कांग्रेसको आग्रहमा लामो समयदेखि राजीनामा दिन दबाब आइरहे पनि तामाङले पद नछाडेपछि प्रधानमन्त्री ओलीले बर्खास्त गर्ने निर्णय गरेका हुन्।
तामाङलाई २०८१ साउन १८ गते ऊर्जा राज्यमन्त्रीमा नियुक्त गरिएको थियो। उनी कांग्रेस सभापति शेरबहादुर देउवानिकट मानिन्छन्। २०७८ मा सम्पन्न कांग्रेसको १४ औं महाधिवेशनमा उनी रामेछाप सभापति निर्वाचित भएका थिए। त्यस्तै, २०७९ मंसिरमा सम्पन्न आमनिर्वाचनमा उनी रामेछाप क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए।