प्रधानन्यायाधीशले पूर्वराजासँग भेटको समाचारविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटेको दाबी गर्दै प्रकाशित समाचारमाथि अदालतको अवहेलना मुद्दा दायर भएको छ। समाचार प्रकाशित गरेबापत नेपाली पेन अनलाइनविरुद्ध सर्वोच्च अदालतमै यो मुद्दा दर्ता गरिएको हो।

सर्वोच्च अदालतमा कार्यरत नायब सुब्बा कमला रेग्मी र कम्प्युटर असिस्टेन्ट रमेश बजगाईंले मंगलबार अवहेलना मुद्दा दायर गरेका हुन्। उनीहरूले नेपाली पेन अनलाइनमा सोमबार प्रकाशित ‘प्रधानन्यायाधीशले पूर्वराजालाई किन भेटे?’ शीर्षकको समाचारले अदालतको गरिमा र निष्पक्षतामा आँच पुर्‍याउने भन्दै कानुनी कारबाहीको माग गरेका छन्।

मुद्दा आज न्यायाधीश अब्दुल अजिज मुसलमान र टेकप्रसाद ढुङ्गानाको इजलासमा पहिलो नम्बरमा पेशीमा परेको छ।

विवादित समाचार हाल सो अनलाइनको वेबसाइटबाट हटाइसकिएको छ। यद्यपि मुद्दाकर्ताहरूले समाचारले न्यायपालिकाको मर्यादा र स्वतन्त्रतामाथि गम्भीर असर पार्ने भन्दै जवाफदेही माग गरेका छन्।

सम्बन्धित समाचार

ताजा न्यूज