काठमाडौं । वैदेशिक रोजगारीका लागि न्युजिल्याण्ड पठाइदिने भन्दै ११ लाख ५० हजार रुपैयाँ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
सल्ल्यानको शारदा नगरपालिका–१ घर भई हाल काठमाडौँ महानगरपालिका–२६ बस्ने ४६ वर्षीय चन्द्रबहादुर बुढाथोकी र सोही नगरपालिका वडा नं ५ घर भई हाल काठमाडौँ–२६ बस्ने ३३ वर्षीय टोपबहादुर सेजुवाललाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
प्रवक्ता रेग्मीका अनुसार पक्राउ परेकाहरुले खड्गराज गिरीसमेत दुईजनालाई वैदेशिक रोजगारीका लागि न्युजिल्याण्ड पठाइदिने भन्दै उक्त रकम लिई सम्पर्कविहीन भई ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो ।