काठमाडौँ । किर्ते र ठगी मुद्दामा अनुसन्धान कायमै राखेर व्यापारी अरुण चौधरीसहित ३ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले रिहा गरेको छ । काठमाडौं जिल्ला अदालतको आदेशअनुसार उनीहरुलाई छोडिएको हो । उद्योगी चौधरीलाई छोरा करण चौधरीको जिम्मा छोडेको हो ।
सिआईबीका एसएसपी दिनेश आचार्यका अनुसार मुलुक ऐन र मुलुकी अपराध संहिताको किर्ते र ठगीसम्बन्धमा अनुसन्धान अनुसन्धान निरन्तर अघि बढ्छ । ‘कानुनअनुसार अनुसन्धान अघि बढेको हो । त्यही क्रममा ३ जना आरोपितलाइ पक्राउ गरिएकोमा अदालतले दिएको आदेश अनुसार हाजिरी जमानीमा छाडिएको हो । तर यो अनुसन्धान निरन्तर जारी रहन्छ । सरकारी जग्गा हिनामिनाको विषयलाई गम्भीर रुपमा लिएर सिआईबीले अनुसन्धान गरिरहन्छु’ आचार्यले भने ।