माधव नेपालको राजनीतिक यात्रा के होला ?

कांग्रेससहितको सत्ता साझेदारीमा एक वर्ष भए पनि प्रधानमन्त्री हुने आकांक्षा बोकेर बसेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई नयाँ बनेको सत्ता गठबन्धनले अप्ठेरोमा पारेको छ। तर प्रधानमन्त्री पुष्पकमल दाहाल सोमबार नै नेपाल निवास पुगेर सहकार्यका लागि प्रस्ताव गरेका छन्।

एमाले एकीकृत समाजवादीलाई सरकार बाहिरै राख्ने पक्षमा भएकाले प्रधानमन्त्री दाहालले उनलाई बालुवाटार बैठकमा खबरसमेत गरेनन्। रुघाखोकीले बिरामी परेपछि दुई दिनको अस्पताल बसाइपछि घरमै आराम गरिरहेका अध्यक्ष नेपालले कोटेश्वरस्थित आफ्नो निवासमा सोमबार अपराह्न नयाँ राजनीतिक घटनाक्रमबारे छलफल गर्न पार्टीको बैठक डाकेका थिए। आफूलाई नयाँ समीकरणबारे कुनै जानकारी नभएको र कसैले खबर पनि नगरेको भन्दै बैठकको सुरुमै नेपालले दाहालबाट आफूलाई धोका भएको बताएका बैठकमा सहभागी एक नेताले बताए ।

विगतमा सहयात्रा गरेर यहाँसम्म आएका प्रधानमन्त्रीले नयाँ सत्ता गठबन्धन बनाउँदै आफूहरूलाई ‘इग्नोर’ गरेको बुझाइ नेपालको छ ।

बैठकमा नेपालले भने आफूलाई नयाँ गठबन्धनबारे थाहा नदिइएको र धोका भएको भन्दै यसबारे अहिले नै कुनै निर्णय गर्न नसकिने भन्दै सांसदहरूलाई पर्खन र हेर्न आग्रह गरे का थिए।

पार्टी फुटेदेखि एमाले अध्यक्ष ओलीसँगको सम्बन्धमा झन् ठूलो फाटो आएकाले नेपाललाई दाहालले आग्रह गरे पनि नयाँ गठबन्धनमा सहभागी हुन सकस छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज