सुनको मूल्यमा दिनदिनै रेकर्ड : आज तोलाको एक लाख २६ हजार

काठमाडौं । नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाउनेक्रम जारी राखेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख २६ हजार रूपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला एक लाख २५ हजार रूपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक हजारले बढेर नयाँ उचाइमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २५ हजार चार सय तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला एक लाख २४ हजार चार सय रूपैयाँ थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रूपैयाँले बढेर एक हजार चार सय ७५ रूपैयँ तोकिएको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा हाल सुन प्रति औँस दुई हजार एक सय ७८ डलर आसपास कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज