काठमाडौ । स्नातक तहको परीक्षाको प्रश्नपत्र नेपाली र अङ्ग्रेजी दुबै माध्यमबाट हुने भएको छ । त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद् स्थायी समितिको चैत्र १५ गते बसेको बैठकले स्नातक तहको प्रश्नपत्रमा विद्यार्थीहरुलाइ सहज बनाउन यस्ते निर्णय गरेको हो ।
त्रिभुवन विश्वविद्यालयबाट लिइने बार्षिक परीक्षा प्रणाली अनुसारका सबै संकायहरुको स्नातक तहका प्रश्नपत्रहरु अंग्रेजी र नेपाली दुबै भाषामा हुनुपर्ने निर्णय भएको छ ।
यस्तो निर्णय अनुसरा आगामी प्रथम वर्षको परीक्षा देखिनै अनिवार्य रुपमा लागु गरी क्रमशः दोस्रो तेस्रो र चौथो बर्षमा समेत लागू गर्नुपर्ने भएके छ ।