काठमाडौं । नेकमा एमाले नेता तथा पूर्व मन्त्री महेश बस्नेतविरुद्ध एक जना महिलाले जबरजस्ती करणी गरेको अभियोगमा किटानी जाहेरी दिएकी छन् ।
हुलाकमार्फत जिल्ला सरकारी वकिलको कार्यालयमा ती महिलाले बस्नेतले जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिएकी छिन । उनको जाहेरीलाई सरकारी वकिलले आवश्यक अनुसन्धान गर्न भन्दै जिल्ला प्रहरी परिसर, काठमाडौं पठाएको छ ।
जाहेरी आएपछि प्रारम्भिक अनुसन्धान गर्ने प्रक्रिया थालिएको काठमाडौं प्रहरीको भनाइ छ । केही वर्षयता आफूहरु प्रेम सम्बन्धमा रहेपनि पछि झुक्याएर बलात्कार र गर्भपतन गराएको दाबी ती महिलाको छ ।
ती महिलाले सामाजिक सञ्जालमा बस्नेतविरुद्धको आरोपहरु छरपष्ट पारिसकेकी छिन भने औपचारिक रुपमा जाहेरी दिएर कानूनी उपचारको बाटो खोजेको पनि बताएकी छिन ।