काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीका नेता—कार्यकर्ताले कानून बर्खिलाप काम गरे अरूलाई भन्दा बढी कारबाही गर्न प्रहरीलाई निर्देशन दिएका छन् ।
पर्सामा बिहीबार पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिको आडमा कानूनको बर्खिलाप काम नगर्ने निर्देशन दिएका हुन् ।
‘हामी सरकारमा देश र जनताको पक्षमा काम गर्न गएका हौं, पार्टी नेता र सदस्यको काम गर्न होइन। त्यसैले व्यक्तिगत लाभ र हानीको काम लिएर कोही पनि नआउनु होला। पार्टी सरकारमा भएको लाभ कुनै पनि नेतारसदस्यलाई हुने छैन। कसैले पार्टीलाई दबाब र प्रभावमा पार्ने, अनुचित फाइदा लिन खोज्ने र प्रहरीरप्रशासनलाई दुरूपयोग गर्न खोजे तिनको सदस्यता नै खारेज गरिनेछ,’ उनले भने।
पार्टी सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेले सूचना संकलन, सेवा प्रवाह, सुशासन कायम आदिका लागि स्थानीयस्तरमा प्रशासनरप्रहरीलाई सहयोग गर्न पनि नेतारसदस्यलाई निर्देशन दिएका छन्।