काठमाडौं । श्रम अदालत भक्तपुरमा सरेको छ । अनामनगरमा रहेको श्रम अदालतले आज (चैत ४ गते)देखि भक्तपुरको दरबार स्क्वायर परिसरमा रहेको साविकको भक्तपुर जिल्ला अदालतको भवनबाट सेवा दिने भएको छ ।
सर्वोच्च अदालत व्यवस्थापन समितिको २०८० साउन २५ गतेको निर्णय र श्रम अदालतकै २०८१ वैशाख २ गतेको पूर्ण बैठकले गरेको निर्णय अनुसार यो अदालत वैशाख ३ गतेबाट भक्तपुरमा सरेको हो ।
श्रम अदालत काठमाडौंले प्रयोग गर्दै आएको सेवालाई आजैबाट भक्तपुरबाटै हुने व्यहोराको सूचना श्रम अदालतले जारी गरेको छ ।
यस्ताे छ श्रम अदालत सरेकाे सूचना