धरौटी नबुझाएपछि दिपेश पुन गए थुनामा

काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले ४ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिए पनि धरौटी रकम नुबझाएका कारण दिपेश पुन थुनामा गएका छन् । रुपन्देही जिल्ला अदालतका न्यायाधीश डा. श्रीप्रकाश उप्रेतीको इजलासले शुक्रबार सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई थुनामा पठाउने र दिपेश सहित अन्य ६ जनालाई धरौटीमा छाड्न आदेश दिएको थियो ।

धरौटी नबुझाएपछि पुनलाई थुनामा पठाइएको प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । नवीन अछामीसँग १० लाख, दुर्गा चापागाईंसँग १८ लाख, दीपक न्यौपानेसँग ४ लाख ४५ हजार, नीता थापामगरसँग २ लाख र रोशनी गुरुङसँग २ लाख रुपैयाँ धरौटी माग भएको थियो । धरौटी नबुझाएका कारण नवीन अछामीलाई पनि थुनामा पठाइएको छ । पुन र अछामी बाहेक अरू भने धरौटी बुझाएर रिहा भएको बताइएको छ ।

सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला सरकारी वकील कार्यालयले २८ जनाविरुद्ध मुद्दा दायर गरेकामा शुक्रबार भएको थुनछेक बहसमा ७ जना उपस्थित थिए । उनीहरूमध्ये गुरुङलाई थुनामा पठाउने र अरू ६ जनालाई धरौटीमा छाड्ने आदेश भएको थियो ।

सम्बन्धित समाचार: 

सुप्रिम सहकारी ठगी प्रकरणमा अध्यक्ष गुरुङ पुर्पक्षका लागि थुनामा, दिपेशसँग ४ लाख धरौटी माग

सहकारी ठगिमा पक्राउ परेका दिपेश पुन भन्छन, जिबीले थाहै नदिइ सचिव बनाए

सहकारीबाट २ करोड ऋण लिएको प्रमाण भेटिएपनि गृहमन्त्री लामिछानेलाई जोगाउँदै प्रहरी र सरकारी वकिल  

सहकारी ठगि प्रकरणमा मिडियाले मिथ्या आरोप लगाएको भन्दै गृहमन्त्रीको आक्रोश 

गृहमन्त्री लामिछानेमाथि छानबिन माग गर्दै सुप्रिम सहकारीपीडितद्वारा प्रर्दशन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज