काठमाडौं । सोमबार बस्ने मन्त्रीपरिषद्को बैठकले एक दर्जन भन्दा बढी ऐनहरू अध्यादेशमार्फत संशोधन गर्ने तयारी गरेको छ । आइतबार धनगढी विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा प्रधानमन्त्री पुष्पकमल दाहालले यस्तो खुलासा गरेका हुन ।
प्रधानमन्त्री दाहालले भोलि सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकले नेपालमा लगानीमैत्री वातावरण तयार पार्न सघाउने उदेश्यले ऐनहरू अध्यादेशमार्फत ल्याउने विषयमा निर्णय गर्ने बताए । उनले भने, लगानीमैत्री वातावरण तयार पार्न हामीले क्याविनेटबाट केहि ऐनहरु अध्यादेशबाट ल्याउँदैछौं, लगानीकर्तालाई पनि र देशभित्रका निजि क्षेत्रलाई पनि आकर्षित गर्न र प्रोत्साहित गर्न सम्भवतः एक दर्जन ऐन अध्यादेशमार्फत् संशोधन गरेर ल्याउदैछौं, सोमबारको क्याविनेट बैठकबाट यसबारे आवश्यक निर्णय हुन्छ ।