कास्की जिल्ला अदालतद्वारा जिबी राईको पासपोर्ट रद्द गर्न अस्‍वीकार

काठमाडौं । सहकारी ठगी मुद्दामा फरार रहेका गितेन्द्रबाबु (जिबी) राईको राहदानी रद्द गर्न कास्की जिल्ला अदालतले अस्वीकार गरेको छ। आइतबार बसेको न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले राईको राहदानी रद्द गर्न अस्वीकार गरेको हो।

जिल्ला प्रहरी कार्यालय कास्‍कीले राईलाई विदेशबाट पक्राउ गरी नेपाल ल्याउन उनको राहदानी रद्द गर्नका लागि सरकारी वकिल कार्यालयमार्फत् राहदानी ऐन, २०७६ को दफा १५ बमोजिम रद्द गर्न माग गरेको थियो।

राहदानी रद्द गर्नका लागि अदालतको आदेश चाहिन्‍छ। तर न्यायाधीश कोइरालाको इजलासले प्रहरीको माग बमोजिम आदेश नहुने निर्णय गरेको हो। जिल्ला अदालतले राहदानी ऐनको दफा १२ मा सहकारी सम्बन्धी कसुर उल्लेख नभएकोले राईको राहदानी रद्द गर्न प्रहरीले गरेको माग अस्वीकार गरेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज