काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरुले अवरोध गरेपछि संसद बैठक स्थगित भएको छ । आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने कार्यसूची रहेको थियो । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित विपक्षी दलहरुको अवरोधपछि संसद बैठक स्थगित भएकोले प्रधानमन्त्री दाहालले विश्वासको मत लिने कार्यसूची अनिश्चित भएको हो ।
कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन नगरेसम्म संसद बैठक सुचारु हुन नदिने अडान लिएको छ ।