काठमाडौं । जनता समाजवादी पार्टी नेपाल विभाजनसँग सम्बन्धित मुद्दामा हेर्न नभ्याउनेमा परेको छ । सर्वाेच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा परेको उक्त मुद्दा सोमबार हेर्न नभ्याउनेमा परेको हो ।
जनता समाजवादी पार्टी नेपाल छाडेका अशोक राईसहितका नेताहरुले निर्वाचन आयोगमा अर्को दल दर्ता गर्न निवेदन दिएपछि आयोगले उनीहरुको दल दर्ता गरिदिएको थियो । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो दल छाडेका नेताहरुले दिएको निवेदनको आधारमा अर्को दल दर्ता गर्नु गैरकानुनी भन्दै सर्वोच्च अदालतमा रिट दिएका थिए ।