बार नेतृत्वलाई अधिवक्ताहरूले गराए सचेत 

काठमाडौं । नेपाल बार एसोसिएसनले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको नागरिकता सम्बन्धी कसूरमा अनुसन्धानका लागि पक्राउ परेको प्रकरणमा जारी गरेको विज्ञप्ति प्रति असहमति जनाउँदै केही अधिवक्ताहरूले बारका अध्यक्ष गोपाल कृष्ण घिमिरेलाई सचेत गराएका छन् । अधिवक्ता दिपकराज जोशी, अनिल आचार्य र लोकेन्द्र बहादुर ओलीले सोमबार विज्ञप्ति जारी गर्दै बारलाई सचेत गराएका हुन । 

बारको आधिकारिक निर्णय समेत नगरी आफू अनुकुल हुने र अदालतबाट आदेश भइ जारी भएको पक्राउ पुर्जीलाई समेत लत्याइ हचुवा किसिमले विज्ञप्ति जारी गरिएको भन्दै उनीहरूले विज्ञप्तिमा भनेका छन्, तपाइका ७ जना कार्यसमिति सदस्यहरूले संयुक्त रुपमा काउन्टर विज्ञप्ति समेत निकाली विरोध गरिसकेको अवस्थामा तपाइ समेतले जारी गरेको विवादित विज्ञप्ति खारेज गरि तमाम आम कानून व्यवसायीको मर्म र भावना विपरीतको विज्ञप्ति के कति कारणले लेख्न बाध्य हुनु भएको हो सो कारण सहित क्षमा याचना  समेत गरेर नेपाल बारको गरिमालाई अक्षुण्ण राख्न मद्दत गर्न हुन यो निवेदन लिइ उपस्थित भएका छौं । 

उनीहरूले विज्ञप्ति निकाल्ने विषय अदालतको अवहेलना जन्य कसूर देखिइरहेको हुँदा यसबाट पछि पर्न सक्ने दूरगामी असरका विषयमा सचेत रहन बार नेतृत्वलाई सचेत गराएका छन् । 

हेर्नुस् यस्तो छ विज्ञप्ति

श्री गोपाल कृष्ण घिमिरे ज्यु
बरिष्ठ अधिवक्ता तथा अध्यक्ष, नेपाल बार एसोसिएसन, काठमाडौं ।

 

विषय:  प्रेस विज्ञप्तिका सम्बन्धमा ।

 

उपर्युक्त सम्बन्धमा नेपाल बारको स्थापना कानून व्यवसायीहरूको हक र हितको संरक्षण गर्न वि स २०१३ साल पुस ७ गते अग्रज कानून व्यवसायीहरूले नेपाल बारको स्थापना गरेको तथ्यलाई स्मरण गरेर स्वतन्त्र सक्षम तथा उत्तरदायी न्यायपालिका, विधिको शासन, लोकतन्त्र र मानव अधिकारको लागि दृढतापूर्वक आफ्नो काम, कारवाही अगाडि बढाउन र कानून व्यवसायीको हकहित, मर्यादा एवम् वृत्ति विकासका कार्य गर्नको लागि नेपाल बार एशोसिएसनको स्थापना भएको हो ।
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाइ नागरिकता सम्बन्धी कसूरको अनुसन्धानको सिलसिलामा पक्राउ गर्नु पर्ने भएकोले धनुषा जिल्ला अदालतको मिति २०८१।०२।०८ गतेको अनुमति बमोजिम पक्राउ पुर्जी जारी गरि पक्राउ गरेपछि नेपाल बारको तपाइ समेतको नेतृत्वले बारको आधिकारिक निर्णय समेत नगरी आफू अनुकुल हुने र अदालतबाट आदेश भइ जारी भएको पक्राउ पुर्जीलाई समेत लत्याइ हचुवा किसिमले विज्ञप्ति जारी गर्नु भएको रहेछ । तपाइका ७ जना कार्यसमिति सदस्यहरूले संयुक्त रुपमा काउन्टर विज्ञप्‍ति समेत निकाली विरोध गरिसकेको अवस्थामा तपाइ समेतले जारी गरेको विवादित विज्ञप्ति खारेज गरि तमाम आम कानून व्यवसायीको मर्म र भावना विपरीतको विज्ञप्ति के कति कारणले लेख्न बाध्य हुनु भएको हो सो कारण सहित क्षमा याचना  समेत गरेर नेपाल बारको गरिमालाई अक्षुण्ण राख्न मद्दत गर्न हुन यो निवेदन लिइ उपस्थित भएका छौं । विज्ञप्ति निकाल्ने विषय अदालतको अवहेलनाजन्य कसूर देखिइरहेको हुँदा यसबाट पछि पर्न सक्ने दूरगामी असरका विषयमा हामी निवेदकहरू सचेत समेत रहेको जानकारी गराउन चाहान्छौं । सबैको बार हो भन्ने भावनाको कदर गरौँ ।
मिति २०८१।०२।११


निवेदकहरू
अधिवक्ता दिपकराज जोशी
अधिवक्ता अनिल आचार्य
अधिक लोकेन्द्र बहादुर ओली

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज