काठमाडौं । सरकारले ल्याएकाे बजेटमा कानून मन्त्रालयकाे लागि ५४ करोड रुपैयाँको बजेट ल्याएकाे छ । याे बजेट गत वर्षकाे तुलनामा २३ कराेडले कम हाे । गत वर्ष सरकारले कानून मन्त्रालयकाे लागि ७७ कराेडकाे बजेट ल्याएकाे थियाे ।
सरकारले आगामी आर्थिक वर्षको लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएको छ । बजेटमध्ये सबैभन्दा धेरै रकम अर्थ मन्त्रालयलाई राखिएको छ ।
गृह मन्त्रालयको लागि सरकारले १ खर्ब ९१ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यसपछिको धेरै बजेट भौतिक मन्त्रालयमा रहेको छ । भौतिक मन्त्रालयको बजेट १ खर्ब ५० अर्ब रुपैयाँ रहेको छ । उल्लिखित बजेट मन्त्रालयगत कुल विनियोजित बजेटमा संघ र प्रदेशलाई हस्तान्तरण गर्ने सहितको हो ।
कुन मन्त्रालयलाइ कति बजेट ?