काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले न्याय सेवा आयोगले बढुवाका लागि सिफारिस गरेका न्याय सेवाका तीनजना सहसचिवलाई सचिवमा बढुवा गरेको छ। आयोगले गत शुक्रबार न्याय सेवाका तीनजना सहसचिवलाई बढुवाका लागि सिफारिस गरेको थियो।
बैठकले नेपाल न्याय सेवातर्फका सह न्यायाधिवक्ता खेमराज ज्ञवाली महान्यायाधिवक्ताको कार्यालयमा नायव महान्यायाधिवक्ता, सहसचिव यमबहादुर बुढा मगर न्याय परिषद्को सचिव र सहरजिष्ट्रार भद्रकाली पोखरेललाई सर्वोच्च अदालतमा रजिष्ट्रार पदमा पदस्थापन गर्ने निर्णय गरेको छ ।